झापा
बिर्तामोडस्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीका अवसर पारेर रु. एकाउन्न हजार मंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको छ ।
मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्चल नेपाली साहित्यकारहरुको प्रतीमा सहित निर्माणाधिन वौद्धिक वाटिकाको निर्माण सहयोगका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले उक्त सहयोग प्रदान गरेको हो ।
बिर्तामोड झापामा पत्रकारिता तथा साहित्यलाई कर्मथलो बनाई विगत ३ दशक योगदान पुर्याएका स्व. खनालको सडक दुर्घटनामा दिवंगत भएपछि उहाँको संझनामा स्थापना भएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक श्रीमती रुपादेवी खनाल, सचिव डा. पुण्यप्रसाद पौड्याल कोषाध्यक्ष भानुभक्त खनाल, सदस्यहरु गंगाप्रसाद भट्टराई, खड्गप्रसाद दाहाल लगायत मंगल सेवा समितिका अध्यक्ष श्री गोपाल खनाल सहित सचिव नरेन्द्र तिम्सीना, सह-सचिव हरिओम न्यौपाने, फ़ोटो पत्रकार बिजय बराल लगायत उपस्थित थिए ।
गोपीकृष्ण स्मृति प्रतिष्ठानले गतवर्ष कोटिहोम, सुरुङ्गामा पि.सी.आर. ल्याव स्थापनाका लागि सहयोग प्रदान गरेका थिए । स्व. खनालको स्मृतिग्रन्थ प्रकाशनका लागि प्रेसमा अन्तिम चरणमा रहेको कुरा सचिव मार्फत जानकारी प्राप्त भएको छ । न्युजर्सीको जर्सीसिटी निवासी (स्व.खनालका पुत्र) समाजसेवी मनोज खनालको परिकल्पनामा गठित प्रतिष्ठानले झापाको सेरोफेरोमा सामाजिक कार्य गर्दै आएको छ ।