अमृता के सी ( रोनी )
काठमाडौँ, श्रावण ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चा युवा क्लबको समुद्घाटन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले क्लबको उद्घाटन गरेका हुन्।नगरपालिका प्रमुख चालिसेले क्लब द्वारा आयोजित वृक्षरोपण समेत गरेका थिए ।

शनिबार आयोजित कार्यक्रममा क्लबका सचीव कुमार नगरकोटिले अतिथीहरुलाई स्वागत गर्दै भने गाम्चाको चौतर्फी विकास साथै पर्यटकीय गाउँ बनाउने उदेश्यले क्लबको स्थापना गरेको बताए ।साथै सडकको पेटिमा फूलका बोट बिरुवा रोपेर सुन्दर सडक बनाइ सरसफाईलाई बढि प्राथमिकता दिने समेत बताए।

“आफ्नो ठाउँ आफै बनाउ” भन्ने नारा सहित सम्पन्न कार्यक्रमको सभापतित्व जुठे नगरकोटिले गरेका थिए भने उक्त कार्यक्रममा गोकर्णेश्वर नगर उप प्रमुख शान्ति नेपाल, गो.न.पा. वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गो.न.पा. ३ वडा सदस्य लक्ष्मि भण्डारी, गो.न. पा. ३ वडा सदस्य लक्ष्मण गोलें,गोकर्ण प्रहरी प्रभाग प्रमुख रामजी घिमिरे, समाजसेवी जयराम बिष्ट, समाजसेवी राम राज थापा स्थानीय संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सहयोगीदाताहरु लगायत स्थानीयहरुको उपस्थित रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख नेपालले युवा शक्तिले परिवर्तन ल्याउन सक्ने भएकोले यसको सहि सदुपयोग गरी नगरकै उत्कृष्ट गाउँ बनाउन क्लबलाई बधाई तथा शुभकामना दिइन्।भने नगर प्रमुख सन्तोष चालिसेले गाम्चामा जोस जाँगरका साथ युवाहरु विउँझिएको र नयाँ उर्जा थपिएको भन्दै नगरबाट गर्नुपर्ने साथ र सहयोग गर्ने बताए।साथै उनले युवाहरु एकजुट भए भने असम्भवलाई सम्भव बनाउन सकिने बताउदै वृक्षरोपण गरी रोपेको वृक्षहरुको हेरविचार समेत गर्न सुझाव दिए।

वृक्षरोपण कार्यक्रममा जगडोल भञ्ज्याङ देखि गाम्चा पिपलबोट सम्म करिब ११५ फूलका बोट रोपण गरिएको थियो ।उक्त वृक्षाको सुरक्षा गर्नका लागि जालि विभिन्न संघ–संस्था, समाजसेवी, व्यापारी लगायतका व्यक्तिहरुद्वारा सहयोग प्रदान गरिएको थियो ।
