
अमृता के सी ( रोनी )
काठमाडौं भाद्र, ३। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको शिलान्यास गरेका छन् ।दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित नगर्चु-गोरखनाथ डांँडामा निर्माण गर्न लागिएको मन्दिर गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको हो। बिहिबार एक औपचारिक कार्यक्रमको बिच गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका प्रमुखले मन्दिर निर्माण शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगर प्रमुख चालिसेले धार्मिक ठाउँको प्रवर्द्धन र विकासमा धार्मिक क्षेत्रमा जस्ले पनि सहयोग गर्न सकिने बताउदै मन्दिरको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले वडा नं ५,६ र ९ वडाको संगम स्थल रहेको नगर्चु-गोरखनाथ डाँडामा अवस्थित प्राचिन धरोहर पुरानो दक्षिणकाली माताको मन्दिर पौराणिक शैलिमा आकर्षित र व्यवस्थित बनाउने जानकारी गराए।उनले गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद दिदै दुई नगरपालिका बिचमा सुमधुर सम्बन्धलाई अझ बढी विकसित गर्ने बताए।साथै तीन महिना भित्र मन्दिर निर्माण गरेर पुर्णता दिने बताए।

दक्षिणकाली नगरपालिकाको आयोजनामा बिहिबार सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य लगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुख र दक्षिणकाली नगरपालिकाको उप मेयर बसन्ती डँगोल तामाङ लगायत दक्षिणकाली नगरपालिका विभिन्न शाखाका प्रमुख र वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो।
