लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए

अमृता के सी ( रोनी )

काठमाडौं, भाद्र ६। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए १ को चिफ एरिया कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन बालबालिकाहरु संग मनाएका छन्। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनौलो पाइलाका अभिभावकबिहिन बालबालिकाहरुलाई खाद्यान्न र एक दिनको खाना सहित सम्पूर्ण परिवारका साथ सिम्खडाले बाल आश्रममा जन्म दिन मनाएका थिए।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का निवर्तमान डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जन्म दिनको शुभकामना दिँदै हामी सेवा गर्छौं भनी सेवाभावले जसले समाजमा केही दिन्छ त्यही व्यक्तिले नै जीवनमा सफलता प्राप्त गर्न सक्ने बताएका थिए। साथै सुनौलो पाइलाका छोराछोरीको सुनौलो भविष्य निमार्णमा लायन्स क्लब डिस्ट्रिक ३२५ ए १ ले सकेको साथ र सहयोग गर्ने बताए।कार्यक्रममा फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ लगायत लायन्स लिडर तथा सदस्यहरुले शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ काठमाडौं धापाखेलको आयोजनामा हंगर रिलिफ कार्यक्रम अन्तर्गत सिम्खडाले आफ्नो भाद्र ५ गते परेको जन्मदिन सुनौलो पाइलामा रहेका बालबालिका संग मनाएका हुन् ।बालबालिकाहरु संग जन्म दिन मनाउन पाउदा हर्ष साथै आत्म सन्तुष्टि मिलेको भन्दै सामाजिक सेवामा अग्रपंक्तिमा खडा उनले विगत एक दशक देखि जन्म दिनको दिनमा ठूला भोज तथा रमझममा भन्दा पनि त्यस्ता फजुल खर्चलाई कटौती गरि विभिन्न ठाउँमा पुगि सहयोग अनि सेवा गरि अरु भन्दा भिन्न तरिकाले जन्मदिन मनाएको बताए। साथै विभिन्न संघसंस्था वृद्ध आश्रम साथै बालगृह संचालन गरि सेवा गरि रहेकाहरुलाई प्रोत्साहन स्वरुप सकेको सेवा र सहयोग गरी मानवीय कर्तब्य पुरा हुने पनि उनि बताउछन्।

संस्थाकी अध्यक्ष रोजिना बिष्टले सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै संस्थाले गर्दै आएको गतिविधि साथै वस्तुस्थिति बारेमा जानकारी गराइन् । २०७२ सालको भूकम्प र अन्य कारणले बेसाहारा भएका बालबालिकाहरुलाई लालनपालन देखि आवस, स्वास्थ्य र शिक्षा दिने उदेश्यले २०७५ साल भाद्रमा स्थापित सुनौलो पाइला संस्थामा हाल १४ जना असाहय बालबालिकालाई सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ। राष्ट्रिय युवा संघका केन्द्रिय निर्वाचन विभागका सचिब समेत रहेका सिम्खडाले सोहि दिन आफ्नो जन्म दिनको अवसर पारेर नेपाल खेलकुद महासंघको कार्यालयलाई एक थान डेस्कटप सेट र प्रिन्टर प्रदान गरेका छन् भने मनाङको बाढी पहिरो पिडितलाई रु १० हजार समेत सहयोग गरेका छन् । त्यसै गरि भाद्र ६ गते उनको बुवाको पुण्य तिथि भएको हुँदा सोहि संस्थामा रहेका बालबालिकाहरुलाई खाना खुवाउने समेत जानकारी गराएका थिए ।