अमृता के सी ( रोनी )
काठमाडौँ, असोज ३ । महानगरीय प्रहरी वृत्त बौद्ध कार्यालय प्रमुख प्रहरी नायब उपनिरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा गाँजाका बोटहरु काटी नष्ट गरिएको छ।

शनिबार बौद्ध प्रहरी वृत्तको नेतृत्वमा खटिएको टोलिले गोकर्णेश्वर नगरपालिका वडा न.१ स्थित ओख्रेनी, मुलखर्क र चिलाउने एरियामा गाँजाका बोटहरु काटेर नष्ट गरेको छ। लागु औषधमा पर्ने गाँजा प्राकृतिक रुपमा उत्पादन हुने साथै व्यवसायिक रुपमा खेती गरेको पाइएकोले करिब ३५ हजार गाँजाका उम्रेका बोटहरु काटी नष्ट गरिएको जानकारी गोकर्ण प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरेले दिए। पछिल्लो समयमा युवा देखि वृद्धहरु सम्म नसामा फसेर दिनहुँ घटना घटी रहेकोले प्रहरीले दुर्व्यसनि न्यूनीकरण गर्न जनसमुदायलाई लागु औषधको सम्बन्धमा जनचेतना गराउने साथै गाँजाका खेतिलाई रोक लगाएको छ।

कार्यक्रममा बौद्ध प्रहरी वृत्तका टोलि, गोकर्ण प्रहरी प्रभागका टोलि लगायत गोकर्णेश्वर नगरपालिका स्थानीय क्लब, संघ र संस्थाहरुको उपस्थिति रहेको थियो ।

