काठमाडौँ, असोज ४ । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टले दाबी गरेका छन्। अनुशासन,आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेद्वारीको मुख्य आधार रहेको बताउदै बिष्टले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ को ईकाइ सभापतिमा दाबी गरेका हुन् ।
नेपाली काँग्रेसको गौरवमय इतिहासलाई सम्मान गर्दै गतिशील र बैचारिक संगठन निर्माणका लागि भन्दै बिष्टले उम्मेद्वारी घोषणा गरेका हुन्। लामो समय देखि नेपाली काँग्रेसमा सक्रिय रहेका बिष्ट अनुशासित र जुझारु नेपाली काँग्रेसलाई सहि दिशा प्रदान गर्ने कुशल छवि भएको व्यक्ती हुन् ।
काँग्रेसको राजनीतिमा सक्रिय बिष्ट हालका पनि इकाई सभापति हुन् । उनले नगरपालिका भित्र विभिन्न सामाजिक संघ सस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रष्ट बुझिन्छ। आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन् ।
उनले अहिले सम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने समेत बिश्वास व्यक्त गर्दै बिगतमा भएका कमि कमजोरीलाई सच्याउदै उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्याधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेद्वारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।