काठमाडौँ, असोज ११ । गोकर्णेश्वर नारायणटार बागमती पुल नजिक बस भित्रै चालक मृत अवस्थामा फेला परेका छन्।
सोमबार बिहान बा ५ ख ६५३० नं को बाबा गोकर्णेश्वर बसमा आइतबार राती सुतेका चालकलाई सहचालकले फोन गर्दा फोन नउठाए पछि आएर हेर्दा मृत अवस्थामा फेला परेका हुन्। चालक मृत अवस्थामा फेला परे पछी सहचालकले प्रहरीलाई खबर गरेका थिए । दोलखा फिरफिरे घर भई हाल मुलपानी बस्ने अन्दाजी बर्ष ४५ का बाबा गोकर्णेश्वर यातायातका चालक तुलाराम उप्रेती (बलराम) भनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । शवलाई पोष्टमार्टमको लागि अस्पताल लागिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।