काठमाडौँ,असोज १४। नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टले उम्मेद्वारी दिएका छन् ।आसन्न १४ औँ नगर अधिवेशनमा “युवालाई अवसर अग्रजलाई सम्मान ” भन्ने नाराका साथ बिष्टले उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेस तरुण क्षेत्रीय कोषाध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा इकाई क्षेत्रीय प्रतिनिधि बिष्टले असोज १६ गते हुने नगर अधिवेशनमा नगर सचिवका लागि दावेदारी दिएका छन् । लामो समयदेखि समाजसेवामा सक्रिय बिष्टले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी राजनीति बनाउनु पर्ने बताए। बिगत पन्ध्र वर्ष देखि सामाजिक संस्था लायन्स क्लबको विभिन्न पदहरुमा रहि सेवा गरिरहेका, श्री देवि बाल सुधार मा.वि को व्यवस्थापन समितिका अध्यक्ष र स्वतन्त्र टोल सुधार समितिको समेत अध्यक्ष रहेका बिष्टले आफू सचिवमा निर्वाचित भए नेपाली काँग्रेसलाई थप क्रियासिल र चलायमान बनाउने बताए।