रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको छ ।
दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ । मृतकको पहिचान भइसकेको छैन ।