एकसाथ १३ हजार सरकारी शिक्षकका लागि आवेदन खुला

काठमाडौं । देशभरबाट एक साथ १३ हजार शिक्षक भर्ना गर्न आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । आयोगले बुधबार प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको छ । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि तहमा यसअघि विज्ञापन खुलाइसकेको छ ।