लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

काठमाडौ ।  चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ लागू औषधको कसुरमा पक्राउ परेका छन् । उनलाइ प्रहरीले  पाेखराबाट पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे । 
लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी गराएका छन् ।  लाहुरेकाे साथबाट लागुऔषध फेला नपरे पनि काराेबारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  
अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीको भनाइ छ ।