काठमाडौं । ललितपुरको कुपण्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार जारी छ ।