काठमाडौं । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।
उता, बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको ज्यान गएको छ । ठक्कर दिने टिपरको नम्बर खुलेको छैन । प्रहरीले खोजी गरिरहेको जनाएको छ । नेपालमा दुई पा्रग्रे सवारी साधनका कारण अत्यधिक मानिसको ज्यान गइरहेको छ ।