काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरिएको हो । सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालय खुला हुँदैछन् ।