काठमाडौं अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने भएकी छिन् । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने पार्टीले जनाएको छ ।
मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराउने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको बताइएको छ । उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री बनेका थिए । अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीमा आवद्ध थिइन्।