काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न. १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको बाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो। त्यहाँ पुर्याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका बस्ने २६ वर्षीय समीर गिरी र काठमाडौं महानगरपालिका १४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना रहेका छन् । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको थियो । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका(६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।