काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौं उपत्यकामा अत्यधिक सवारी चाप र तिव्र गतिका कारण दुई पांग्रे सवारी साधनमा बढी मानिसको ज्यान जाने गरेको छ ।