जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परि दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।

दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको बताइएको छ । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।