काठमाडौंमा आधा मात्र मत खस्यो, देशभर कति ?

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो (जनसंंख्याका आधारमा) काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्र भोट खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएका कारण मुलुकभर त्यसको असर देखिएको छ । देशभर ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुनेवित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जाने उनले बताए । उनका अनुसार काठमाडौं महानगरपालिकाको शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै पनि प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको मतदातमा उत्साह भने नदेखिएको हो ।