पोखरा महानगरमा थालियो मतगणना

पोखरा । पोखरा महानगरपालिकामा मतगणना शुरु भएको छ । दिउँसो चार बजेबाट मतगणना थालिएको हो । यहाँ अझै प्रारम्भिक नतिजा आइसकेको छैन । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरेको थियो ।

तर, व्यवस्थापनको काम सक्दा अबेर मात्र शुरु भएको हो । पोखरामा वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको हो । मतगणना सहिदचोकस्थित जिल्ला समन्वय समितिको दुई र नगर विकास समितको एक सभाहलमा भइरहेको छ।