गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

मालिका गाउँपालिकामा अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका देवीराम अर्याल (दाँया) र उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उपेन्द्र अर्याल

तमघास । नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमाले निकै कमजोर देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बलियो उपस्थिति जनाएको यस क्षेत्रमा एमाललेले जितेका स्थानीय तह माओवादी केन्द्र र कांग्रेसले खोसेका छन् । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो पटक यहाँ एमालेले जितेको थियो ।

गोकर्णकै गृह पालिका इश्मामा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भयो । यसअघि यहाँ एमालेले जितेको थियो । समाजवादीकी नेतृ राम कुमारी झाक्रीको गृहपालिका मदानेमा समेत यस पटक कांग्रेसले जितेको छ । यो विगतमा एमालेको पकड क्षेत्र थियो । मालिका गाउँपालिकामा यस पटक एमालेले वडा सदस्यसम्म जित्न सकेन । १२ वटा स्थानीय तहहरुमध्ये ९ वटा स्थानीय तहको मतगणना सकिँदा कांग्रेस र माओवादीले चार चार स्थानीय तह जितेका छन् । एमालले मात्र दुई तहमा जितेको छ ।