रेनुको अग्रता ५ हजारमाथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५ हजार कटाएकी छिन् । गणना भएको कुल ६९६१२ मत मध्ये ठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी हुन् । सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।