भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना भएको छ । यस क्रममा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता ७ हजार कटाएकी छिन्. । आइतबार बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० पाएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाए ।

भरतपुरमा सत्ता गठबन्धनका दलहरु तालमेल गरेर चुनाव लडेका थिए । नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् ।