कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै

TKP

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।
यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

कांग्रेसले सत्तारुढ दलहरुसँगको तालमेललाई निर्वाचनमा निरन्तरता दिने घोषणा गरेको छ । यद्दपी सरकारको नेतृत्व भने आलोपालो गर्न नहुने कांग्रेसको अडान छ । यो अडानमा सत्ता सहयात्री दल सहमत भएमा आगामी निर्वाचनमा एमाले विरुद्ध ५ दलको गठबन्धन हुने भएको छ ।