अछाम पहिरो अपडेट : १७ जनाको मृत्यु

काठमाडौं । अछामका विभिन्न ४ ठाउँमा शुक्रबार राति पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा ४ जनाको शव जनाको शव जनाको शव फेला परेको छ ५ जना अझै बेपत्ता रहेका छन् । ढकारी गाउँपालिका वडा नम्बर(६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ । १ जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए ।

कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको उनले बताए । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते रहेको रिजालले बताए । तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ । घाइतेको थप उपचारका लागि हेलिकप्टरमार्फत उद्वार भइरहेको छ ।