काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन् । प्रहरीले ना. ८ ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।