काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले विश्वासको मतबारे निर्णय लिने छ । संसदीय दलका नेता सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । यसका लागि उनले पार्टीबाट निर्णय गराउनु पर्नेछ । विश्वासको मत आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट लिने कार्यक्रम छ ।