बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएको बताइएको छ । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबै एकै गाउँका हुन् । जिपमा १२ जना सवार थिए ।