माछा मार्ने क्रममा चितवनमा गोहीको आक्रमण, एक जनाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गोहीको आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोको ज्यान गएको हो । महतो हिजो बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।