काठमाडौं । बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।