काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ । बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।
उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ । बस सडकबाट १५० मिटर मर्स्याङ्दी नदिमा खसेको हो । बस पोखराबाट काठमाडौं आउदै थियो । बसमा भारतीय नागरिक सवार थिए ।