काठमाडौं । राजावादी र गणतन्त्रवादीको आन्दोलनले काठमाडौंका केही शैक्षिक संस्थाको पठनपाठन प्रभावित हुने भएको छ । चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् । काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् ।
प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् । तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् । एसइइ परक्षिाथार्थीलाई ध्यानमा राख्दै मोर्चाले आज प्रदर्शन १ घण्टा ढिला सारेको छ । यसअघि ११ बजेबाट सुरु हुने भनिएकोमा अब १२ बजेबाट सुरु हुने भएको हो ।