कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ काठमाडौँ, २५ असार : प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री निवास, बालुवाटारमा आज त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिनुभएको छ। साथमा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

२५ असार, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।