कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

१४ साउन, बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी दिए । कांग्रेस बागमतीमा आन्तरिक कलहका कारण सरकार नै संकटमा पर्ने अवस्था आएको छ ।