गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा घर लिप्दै स्थानीयबासी । दसैँ सुरु भएसँगै जिल्लाबासीलाई घर लिपपोत गर्न भ्याइनभ्याई भएको छ । तस्बिरः हुमाकान्त पोखरेल÷रासस
११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ । नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।
नवरात्रीको अवसरमा बर्दिबास–४ माइस्थानस्थित जिल्लाको प्रसिद्ध शक्तिपीठ पञ्चधुरा माईस्थानमा दर्शनार्थीहरु । तस्बिरः गोपालप्रसाद बराल\रासस
काठमाडौँ उपत्यका तथन आसपासस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा अहिले पनि भक्तजनको भीड छ ।
दाङको घोराही उपमहानगरपालिका–१४, झिगौरामा लोकेन्द्र रोका मगरको परिवार बिक्रीका लागि सयपत्रि फूलको माला गाँस्दै । उहाँले सयपत्रिका फूलसँगै विभिन्न प्रजातिका फूलका बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । तस्बिरः सुशीला ओली / रासस
यसैगरी, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । यी शक्तिपीठलाई विशेष रुपमा सजाइएको छ । देशभर दशैंको माहोल यस्तो देखिएको छ ।
दसैँका लागि शनिबार काठमाडौँ चाबहिल गणेशस्थानमा किनमेल गर्न आएका सर्वसाधारणको चहलपहल दृश्य ।तस्बिरः हरिराम भेटुवाल\राससकृष्णपुर नगरपालिका–२ बाणीका थारु महिला लालझाडी वन क्षेत्रबाट टिपेका मालुका पात मुठा बाध्दै । दसैँंलगायतका चाडपर्वमा मालुका पातको दुना बनाई देवीदेउताको पूजाआजा गर्नमा र पाहुनालाई परिकार पस्कनमा प्रयोग गरिन्छ । मालुका पातको दुनालाई अति शुद्ध मानिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू\राससमुस्ताङबाट बिक्रीका लागि बागलुङ बजारमा ल्याइएका च्याङ्ग्राका बथान । हरेक वर्ष दसैँका बेला व्यापारीहरुले सयौँको सङ्ख्यामा च्याङ्ग्रा ल्याउने गर्छन् । तस्बिरः डम्मर बुढामगर\ राससदसैँ मनाउन घर जान शनिबार बिहान गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रुहरु । तस्बिर : हरिराम भेटुवाल / रासस