आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

काठमाडौँ, १८ असोज : चोभारमा बागमती नदीको बहाव हेर्दै सर्वसाधारण काठमाडौँ चोभारमा शनिबार अविरल वर्षा हुँदा बागमती नदीमा बढेको पानीको बहाव हेर्न आएका सर्वसाधारण ।तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, २० असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन \चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा पछिल्लो एक सातामा बाढी र पहिरोका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।