धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

धनुषाको महेन्द्रनगर राजमार्गस्थित औरही खोलाको पुलनिर सडक डिवाइडर बीचमा राखिएको नेपालको राष्ट्रिय झण्डा । तस्बिरः चन्द्रदेव साह/रासस

जनकपुरधाम, २१ पुसः जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका छन् ।

सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित टीकाटिप्पणी गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड तथा आगजनी र लुटपाट गर्नेलगायत गैरकानुनी तथा हिंसात्मक र सामाजिक द्वेष फैलाउनेलाई प्रचलित कानुनबमोजम कार्यवाही हुनेछ ।”

यसैगरी जिल्लामा क्रियाशील विभिन्न धार्मिक सङ्घसङ्गठन, राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत सरोकार भएकाहरुलाई शान्तिपूर्ण वातावरण बनाउन सहयोगका लागि आग्रहसमेत गरिएको छ ।