अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यससँगै आज पार्टीले पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने भएको छ । पार्टीले ६ बजे पत्रकार सम्मेलनको जानकारी दिएको छ । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए ।