कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

१२ दिन अगाडी एक भएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय उज्यालो पार्टीबीचको एकता भंग भएको छ । राष्ट्रिय उज्यालो पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले यो एकता एकतर्फी रुपमा रास्वपाको तर्फबाट भंग गरी आफुलाई जानकारी गराइएको जानकारी दिए । यस क्षणमा आफु दुखि भएको समेत उनको प्रतिक्रिया छ । रास्वपासँगको एकता भंगभएपछि उनले पत्रकार सम्मेलन गर्दै यस प्रक्रियाबारे जानकारी गराएका हुन् ।

रास्वपाका तर्फबाट पदको बार्गेनिङ गरेको भन्दै मिडियाबाजी गरिएकोमा समेत उनको आपत्ति छ । ‘मैले म साधारण सदस्य नै रहेर बस्छु, भनेको थिए, रास्वपाका तर्फबाट एकतर्फी एकता भंग गरिएको जानकारी मलाई दिइयो,’ उनले भने । रास्वपासँग एकता गरेपछिका १२ दिन निकै पिडादायी रहेको समेत उनले सुनाए । यसबीचमा रास्वपाको तर्फबाट उज्यालो नेपाल पार्टीको गतिमा ब्रेक लगाउने मात्र काम भएको भन्दै उनले अब एक पटक मुलुकको सेवा गर्ने अवसर दिन आह्वान समेत गरे ।