कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरूकाे ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गाेपाल दाहाल / रासस

काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन् ।

बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ । बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।