आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा

२ माघ, काठमाडौं । शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले निर्वाच आयोग विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजनीमा माग गर्दै प्रदर्शन गरेका हुन् । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि त्यस निर्णय विरुद्ध उनीहरूले नाराबाजी गरेका हुन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरूले आयोगले गरेको विवादित निर्णय खारेज हुनुपर्ने माग राखेका छन् । आजै कांग्रेसको देउवा पक्षले पत्रकार सम्मेलन गर्दै आफुहरुले मान्यता नपाए देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका थिए । आज दिनभर निर्वाचन आयोग अगाडी दुबै पक्षका नेता कार्यकर्ता धर्नामा समेत बसेका थिए ।