देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै

पाटन (ललितपुर), माघ ३ गते । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि आगामी रणनीतिबारे छलफल गर्न सो बैठक डाकिएको हो ।