४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए ।
झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीबीच झापा–५ को चुनावलाई चासोका साथ हेरिएको छ । झापामा मेयर बालेनको सचिवालयका लागि घर नै लिएर चुनावी गतिविधि बाक्लो बन्दै गएको छ । दुबै दलले यस पटक यो क्षेत्रको जितलाई प्रतिष्ठाको विषय बनाएका छन् ।