बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिँदैछन् । उनले सम्भवतः आज राजिनामा दिने तयारी छ । आजै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र भोलीबाट चुनावी अभियानमा होमिने तयारीमा बालेन छन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन्। केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम रहेको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्षको समेत उम्मेदवारी निश्चित भएसँगै यो क्षेत्रमा यस पटक रोचक भिडन्त हुनेछ ।