५ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्नका लागि राजीनामा दिएका छन् । उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।
रास्वपाबाट ललितपुर(२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएका हुन् । यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । माघ ६ प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन गराउनु पर्ने भएकाले खरेलले आजै राजीनामा दिएका हुन् । उनले दल भने खुलाएका छैनन् ।