दुर्गा प्रसाई पोखराबाट पक्राउ

५ माघ, काठमाडौं । उदण्ड बोली र व्यवहारका कारण विवादित दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहेका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

माघ २ गते सरकारसँग सम्झौता गरेको प्रसाई नेतृत्वको समूहले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको थियो । काठमाडौँमा बोल्दै प्रसाईले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले करोडौं रुपियाँ लिएको आरोप लगाएका थिए । सो आरोपपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाई पक्राउ परेको पुष्टि गरे ।