६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलले यसको पुष्टी गरेका छन् । उनी यसअघि काठमाडौंबाट निरन्तर निर्वाचन लड्दै आएका थिए ।
सभापतिलाई यस पटक देशभरका विभिन्न स्थानबाट उत्साहजनक रुपमा सिफारिस आएको थियो । त्यसमध्ये गगनले सर्लाही रोजेका हुन् । मधेशको भोट आकर्षित गर्न सो कदम चालिएको अनुमान गरिएको छ ।