हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

हिमपातपछि सेताम्मे देखिएको मुस्ताङको सदरमुकाम जोमसोम आसपासको क्षेत्र । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित ठिनी गाउँ, मार्फा, स्याङ, कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत हिउँ परेको छ । तस्बिरः सुशीलबाबु थकाली / रासस

हुम्ला (अदानचुली) १० माघः हुम्लासहित पश्चिम हिमाली भेगका अधिकांश भेगमा हिमपात भएको छ । गतभदौदेखि वर्षात् नभएको यस क्षेत्रमा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् ।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ । हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ । मुस्ताङ, जुम्ला, मुगुसहितका जिल्लामा समेत हिमपातको विवरण आएका छन् ।