झापाबाट काठमाडौं आउदा पुर्व राजालाइ समर्थकको भव्य स्वागत

१ फागुन, काठमाडौं । प्रशासनको निषेधाज्ञा तोड्दै आज पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । विमानस्थलबाट बाहिर निस्किएका ज्ञानेन्द्रले गाडीबाट निस्किएर समर्थकको अविभादन स्वीकार गरेका छन् ।

उनी समर्थकको र्यालीसङ्गै निर्मल निवासतर्फ लागेका छन् । काठमाडौं विमानस्थलको गेट अगाडि सयौ समर्थक जम्मा हुदा सो भेगको यातायात प्रभावित बनेको छ । साथै विमानस्थल पुग्नुपर्ने यात्रु समेत समस्यामा परेका छन् ।

तस्वीर साभार : अनलाइनखबरडटकम