गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत

RSS

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुने क्रम सुरु भएको छ । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व मत आएको देखिएको छ । काठमाडौंका अधिकांश क्षेत्रको नतिजामा रास्वपा भारी मतले अगाडी छ । अहिलेसम्म कुल २२ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमध्ये १६ स्थानमा रास्वपाका उम्मेदवार भारी अन्तरले अगाडी छन् । काठमाडौं ३ मा कुलमानलाई राजु पाण्डेले उछिनेका छन् । रुपन्देहीमा विष्णु पौडेल पछाडी परेका छन् । भक्तपुरमा महेश बस्नेत पछाडी परेका छन् । चितवनमा रेनु दाहाल पछाडी परेकी छिन् । यी सबै स्थानमा रास्वपाका उम्मेदवार अगाडी छन् ।